Team

sheshnath.paudel@globalcollege.edu.np

5970316

Download CV

Shesh Nath Paudel, M. Phil

Lecturer

व्यक्तिवृत्त 

शेषनाथ पौडेल

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर, विशिष्ट श्रेणीमा दर्शनाचार्य (एम फिल) पूरा गरी विद्यावारिधि अनुसन्धानमा संलग्न रहनुभएका शेषनाथ पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तथा बी एड उत्तीर्ण गर्नुभएको छ ।  

विगत दुई दशकभन्दा बढी समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न विद्यालय तथा महाविद्यालयमा नेपाली भाषा, व्याकरण तथा साहित्यको अध्ययन–अध्यापन गर्दै गराउँदै आउनुभएका पौडेल नेपाली भाषा र समालोचनामा अनुरक्त कुशल विषय अध्यापक हुनुहुन्छ । उहाँ ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आंशिक रूपमा नेपाली विषय अध्यापक हुनुहुन्छ । 

नेपाली साहित्य, भाषातत्त्व, सिर्जनात्मक तथा प्राज्ञिक लेखन आदि उहाँ संलग्न क्षेत्र हुन् । समालोचना, प्राज्ञिक अनुसन्धान, गद्याख्यान लेखन र पठन, भाषातत्त्वको अध्ययन र प्रकाशन आदि क्षेत्रमा उहाँको विशेष रुचि रहेको छ । उहाँले विभिन्न संस्थाबाट प्रकाशन हुने विविध पत्रिकाको सम्पादन गर्नुभएको छ । उहाँ विशेषत: नेपाली भाषा सम्पादनमा पनि रुचि राख्नुहुन्छ ।  

उहाँले विश्वविद्यालयका स्नातकोत्तर तह, स्नातक तहलगायत कक्षा ११ र १२ का विभिन्न पाठ्यपुस्तक एवम् सन्दर्भ पुस्तकको लेखन, सहलेखन गर्नुभएको छ ।

बागलुङ जिल्ला, जैमिनि नगरपालिका वडा नं. १ स्थायी घर भएका पौडेल हाल नागार्जुन नगरपालिका वडा नं. २, बनस्थलीमा बस्नुहुन्छ । उहाँको सम्पर्क इमेल sheshpaudel40@gmail.com  र फोन नं ९८५११३३२३१ रहेको छ ।

Apply Now