Team

giriraj.pathak@globalcollege.edu.np

5970316

Download CV

Giriraj Pathak

Lecturer

व्यक्तिवृत्त  

श्री गिरिराज पाठक 

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह र विशिष्ट श्रेणीमा दर्शनाचार्य (एम्. फिल्.) तह पूरा गर्नुभएका श्री गिरिराज पाठक विशेषत: अध्ययन, अध्यापन तथा अनुुसन्धानमूलक क्रियाकलापमा संलग्न रहनुभएको छ ।


विगत दुई दशकदेखि काठमाडौँ उपत्यकाका विभिन्न विद्यालय तथा महाविद्यालयमा नेपाली भाषा, व्याकरण तथा साहित्यको अध्ययन–अध्यापन गर्दै गराउँदै आउनुभएका श्री पाठक हाल ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्यापनरत हुनुहुन्छ । उहाँ दक्ष, अनुभवी तथा योग्य नेपाली विषय शिक्षकका रूपमा रहनुभएको छ ।  उहाँ साहित्य तथा समालोचना लेखनजस्ता सिर्जनात्मक एवम् प्राज्ञिक अभ्यासमा समेत जोडिनुभएको छ । नेपाली भाषासाहित्यमा उहाँले तयार पार्नुभएका अनुसन्धानमूलक लेखरचनारू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।  


नेपाली साहित्य, भाषातत्त्व, सिर्जनात्मक तथा प्राज्ञिक लेखन आदि श्री पाठकका रुचिक्षेत्र हुन् । समालोचना र प्राज्ञिक अनुसन्धानका साथै पत्रपत्रिका सम्पादन तथा  प्रकाशनमा पनि उहाँको विशेष रुचि रहेको छ । उहाँले विभिन्न संस्थाबाट प्रकाशन हुने विभिन्न पत्रिकाको सम्पादन गर्नुका साथै प्रकाशनमा समेत क्रियाशीलता देखाउनुभएको छ ।  ।   

बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं. १३ स्थायी घर भएका श्री पाठक हाल काठमाडौँ  महानगरपालिका वडा नं. ०६, चाबहिलमा बस्नुहुन्छ । उहाँको सम्पर्क इमेल pathakgiriraj2017@gmail.com  र मोबाइल नं. ९८५१२६६०६२ रहेको छ

Apply Now